छोरीले बुवासँग सेक्स गर्न नमानेपछि……

  • प्रकाशित मिति : शुक्रबार, असोज २४, २०७१ बिहान ११ : २३

भारत बिहारको मुजफ्फरपुर जिल्लामा बिहिबार सम्बन्धमाथि प्रश्न उठ्ने घटना घटित भएको छ । एक बुवाले आफ्नै विवाहित छोरीसँग दुष्कर्मको कोसिसमा असफल भएपछि धारिलो हतियारले छोरीको हत्या गरेका छन् । आफ्नी छोरीलाई टुक्रा–टुक्रा गर्ने पितालाई पुलिसले पक्राउ गरेको छ । पुलिसका अनुसार मीनापुर थाना क्षेत्रको मुस्तफागंज निवासी रतु प्रसादको घरमा उनकी ठूली छोरी रजनी कुमारी(२०) आफ्नो श्रीमान रंजीत कुमारसँग आएकी थिइन् । यहि क्रममा बिहिबार बिहान रतु आफ्ना ज्वाईंको अगाडि नै रजनीसँग जिस्कन सुरु गरेका थिए । जब रंजीतले यसको बिरोध गरे तब त्यहाँ राखिएको धारिलो हतियार उनीमाथि प्रहार गरे तर उनी केहि गरेर त्यहाँबाट भाग्न सफल भए । छोरीले पनि त्यहाँबाट भाग्ने कोसिस गरेकी थिइन् तर उनी सफल हुन सकिनन् । त्यसपछि रतुले रजनीमाथि धारिलो हतियारले थुप्रै पटक प्रहार गरे । रजनीको मृत्यु घटनास्थलमा नै भएको थियो । रतुले आफ्नी छोरीको लासलाई थुप्रै टुक्राहरु बनाएर एक बोरामा लुकाएर राखेका थिए । उता ज्वाईंले भागेर छिमेकीहरुलाई यो घटनाको जानकारी दिएका थिए । (एजेन्सी