श्री ५ अम्बरे मंसिर ५ बाट अल नेपाल रिलीज हुने

कात्तिक १३, काठमाडौँ –प्रतिक्षीत दिपा बस्नेत निर्देशीत चलचित्र श्री ५ अम्बरेको फिल्मी युनिटले प्रचारप्रसालाई तिब्रता दिएको छ । मंसिर ५ गते तोकीएको प्रर्दशन मिती नजिकिदै गएसँगै श्री ५ अम्बरेको हलसम्म पुर्याउने र व्यबस्थापकीय पाटोको धड्कन पनी बढेको देखिन्छ । जसको व्यबस्थापन लाई डिजिटल सिनेमा नेपाल डिसीएनले वितरणको जिम्मा लिएको छ । श्री ५ अम्बरे नेपालभर ५५ चलचित्र भवनमा प्रदर्शन हुने डिसीएनका बजार व्यवस्थापक दिपक दंगालले बताए ।

बिगत देखिनै छनोटका आधारमा मात्र चलचित्र प्रर्दशनको जिम्मा लिँदै आएको डिसीएनले श्री ५ अम्बरे राम्रो चलचित्र भएकै कारण वितरणको जिम्मा लिएको दंगालको दावी छ । मंसिर ५ मा नै श्री ५ अम्बरे अमेरिका को २१ राज्यमा एकै साथ प्रदर्शन हुने बताइएको छ । चलचित्र लाई अमेरिकामा नेपाल ११ ईन्टरटेन्मेन्ट ले वितरण गर्नेछ । जिवनसाथी फिल्मस्को व्यानरमा निर्मित चलचित्रमा सौगात मल्ल, केकी अधिकारी, प्रियंका कार्की, बिक्रम सिंह, सिर्जना अधिकारी, यमबुद्ध, दिवाज राई , मार्टिन खान, राज गदाईली आदी कलाकारहरुको अभिनय देख्न सकिन्छ ।

अभिमन्यू निरवीले लेखेको चलचित्रमा डा कृष्णहरि बराल, कालीप्रसाद बाँस्कोटा, यम बुद्ध लगायतका शब्दमा बसन्त सापकोटा, कालीप्रसाद बाँस्कोटा, बाबु बोगटी, तथा यम बुद्धले संगीत भरेका छन् भने शिव परियार, यम बुद्ध, मिलन अमात्य, प्रह्लाद तिमल्सेना, सरिता वली, सनुप पौडेल र रत्न सुब्बा आदीले कलाकारलेल स्वर दिएका छन् । चन्दन दत्तको सम्पादन रहेको चलचित्रलाई गणेश श्रेष्ठले छायाँकन गरेको चलचित्रलाई टि। एन। आचार्य र दिपक आचार्यले निर्माण गरेका हुन् ।