९३ प्रतिशत नेपालीमा टेलिफोन पहुँच

कात्तिक १०, काठमाडौं-एक वर्षको अवधिमा मुलुकमा टेलिफोन घनत्व करिब १२ प्रतिशतले बढेको छ। सोही अवधिमा करिब ७ प्रतिशत इन्टरनेट प्रयोगकर्ता बढेका छन्।

नेपाल दुरसञ्चार प्राधिकरणले आइतबार सार्वजनिक गरेको गत साउन महिनासम्मको तथ्याङ्कअनुसार मुलुकको ९३.६९ प्रतिशत जनसंख्या टेलिफोनको पहुँचमा छन्, आजको नागरिकमा खबर छापिएको छ।

गत वर्ष साउनमा टेलिफोन प्रयोगकर्ता कुल जनसंख्याको ८१.७२ प्रतिशत थिए। एक वर्षकै अन्तरालमा  ११.९७ प्रतिशत विन्दुले टेलिघनतव बढेको हो।