सहमतीको बाधक एमाओवादी : माकुने

काठमाडौँ, ६ कात्तिक । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एनेकपा माओवादीको कारण सहमती बाझीएको बताएका छन् ।  राजधानीमा आयोजीत एक  देउसीभैलो कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले भइसकेको सहमती पनी माओवादीले पुर्ण हुन नदिएको आरोप लगाएका हुन् । अब सहमतिकै नाममा धेरै समय खर्च गर्नुको अर्थ नदेखिएको भन्दै नेता नेपालले  सहमति खोजेर बसिरहँदा संविधान घोषणाको निर्धारित मिति पर सर्न सक्ने भन्दै उनले तिहार लगत्तै सहमति हुन नसके प्रश्नावली बनाएर संवाद समितिले प्रतिवेदन बुझाउनु उपयुक्त हुने उनको तर्क छ ।