तोकिएको समयमा संविधान प्राप्त हुन्छ : राष्ट्रपति डा यादव

कात्तिक ६, काठमाडौँ-राष्ट्रपति डा रामबरण यादवले संविधानसभाबाट तोकिएको समयमा संविधान प्राप्त हुने विश्वास व्यक्त गरेका छन् । डा यादवले हिन्दु नेपालीको महान पर्व तिहारको उपलक्षमा नेपाली नेपाली नागरिक शुभकामना व्यक्त गर्दै देशको सार्वभौमिकता, अक्षुणता र स्वतन्त्रता कायम राख्न सफल हुने  विश्वास विश्वास व्यक्त गरेका हुन् ।

डा यादवले दिएको सन्देशमा भनिएको छ–‘संविधानसभाबाट तोकिएको समयमा संविधान प्राप्त होस् । देशको सार्वभौमिकता, अक्षुणता र स्वतन्त्रता कायम रहोस् । राष्ट्रप्रति सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग प्रदान गरुन् यही मेरो शुभकामना छ ।’

सम्पूर्ण नेपालीको सुख, शान्ति र समृद्धिको लागि शुभकामना व्यक्त गर्दै उनले अन्धकार हटाई उज्यालो ल्याउने विशेष चाडको रूपमा मनाइने शुभ दीपावली तथा तिहार पर्वले नेपालीको आर्थिक समृद्धि र आपसी भातृत्व तथा सामाजिक सद्भाव एवम् एकता कायम भई समाजमा शान्ति, स्थायित्व र प्रगति हासिल गर्न प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।