पर्यटन बोर्डमा १ अर्वकोभ्रष्टाचार

कात्तिक ६,काठमाडौंव्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले करिब १ अर्ब रुपैयाँबराबर अनियमिततामा प्रत्यक्ष संलग्न भन्दै नेपाल पर्यटन बोर्डका बहालवाला कामु प्रमुख कार्यकारी अधिकृत सिइओ सुभाष निरौलालाई तत्काल पदबाट निलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ।

नागरिक दैनिक लेख्छ निलम्बन गरी आवश्यक अनुसन्धान र कारबाही गर्न मन्त्रालय, अख्तियार र सम्पत्ति शुद्धीकरण विभागलाई लेखा समितिको निर्देशन दिएकाे छ । खुला प्रतिस्पर्धाका माध्यमबाट योग्य, दक्ष, सदाचारयुक्त, नैतिकवान र उच्च चरित्रवान व्यक्तिलाई तत्काल कार्यकारी प्रमुख नियुक्त गर्नू, पर्यटन बोर्डलाई क्षेत्रगत र विषयगत समायोजन हुने गरी पुनःसंरचना गर्नू, कार्यकारी निर्देशकलाई असीमित अधिकार नरहने र खरिद कानुनविपरीत नहुने गरी बोर्डको आर्थिक विनियमावली संशोधन गर्नू पनि उसले भनेको छ ।

समिति बैठकले बुधबार सार्वजनिक खरिद कानुन पालना नगरी खरिद गर्ने, प्रमाण र औचित्यबिना खरिद गर्ने, असम्बन्धित व्यक्तिलाई गैरकानुनी रूपमा भुक्तानी दिने, लेखाका विवरण सही र यथार्थ नराख्नेलगायत क्रियाकलाप गरी आर्थिक कारोबारमा स्वच्छता, पारदर्शिता, मितव्ययिता, जवाफदेहिता, औचित्य र आर्थिक अनुशासनजस्ता तत्त्वको बेवास्ता गर्दै करोडौं रकम अनियमितता गर्ने कार्यमा बोर्डका बहालवाला कामु सिइओ निरौलाको प्रत्यक्ष संलग्नता देखिएकाले पर्यटन बोर्डमा बहन गर्दै आएको निर्देशकलगायतको पदीय जिम्मेवारीबाट तत्काल निलम्बन गर्नेु निर्णय गरेको हो।