गाउँमा छैन सयपत्री फूल

कात्तिक ६,झापा-विगतका वर्षहरूमा यतिबेला खेतबारीका कान्ला सयपत्री तथा मखमली फूलले ढकमक्क हुन्थे तर धेरै ठाउँमा खेतबारीका कान्लामा सयपत्री तथा मखमली फुलाउने एकादेशको कथाजस्तै भएको छ। आजको अन्नपूर्ण पोस्ट दैनिक लेख्छ सयपत्री तथा मखमली आफूले प्रयोग गर्नेसम्म पनि मान्छेले फुलाउन छाडिसकेका छन्। बजारमा किन्न पाइने भएपछि किन दुस्ख गर्ने भन्ने सोंचले मानिसले घरको करेसामा पनि फूल फुलाउन छाडिसकेका छन्।

बुधबारे ४ जयपुरका पसले लय न्यौपानेले प्लास्टिकका फूलका गुच्छा बिक्रीका लागि ल्याएर राखेका छन्। उनी भन्छन्, गाउँमा सयपत्री तथा मखमलीका फूल पाइन छाडिसकेको छ। न्यौपानेले भने, गाउँमा नपाएपछि बजारबाट ल्याएर भए पनि आवश्यकता पूरा गर्नै पस्यो। घर छेउछाउका बारीका काँल्ला रित्तै छन् तर बजारमा फूल किन्न आउँछन् मान्छे।

केही वर्षअघिसम्म गाउँका घर सयपत्री र मखमली फूलका मालाले ढकमक्क हुन्थे। झ्यालढोका सबैतिर सयपत्री फूलका माला बनाएर लगाउने चलन थियो तर त्यो अहिले एकादेशको कथाजस्तै भएको छ। बजारमा कृत्रिम फूलका माला किन्ने गरेका मान्छे अहिले त्यसो गरिरहन झन्झट मान्न थालेका छन्।