हङकङमा विद्यार्थी–प्रशासन वार्ता निष्कर्षविहीन

कात्तिक ५,  हङकङ– हङकङका कार्यकारी प्रमुख लिउङ चुङ यिङले प्रदर्शनकारीको माग अनुसार प्रजातान्त्रिक चुनाव असम्भव रहेको बताएको भोलीपल्ट विद्यार्थी नेतासँग भएको वार्ता विना निष्कर्ष टुंगेको छ। कालो टिसर्ट र जिन्स पाइन्ट पहिरेका पाँच युवा विद्यार्थीको टोलीसँग हङकङ प्रशासनका पाँच जना अधिकारीले मंगलबार वार्ता गरेका थिए।
वार्तामा विद्यार्थीले आगामी आमचुनावमा उम्मेदवारी दिन कुनै बन्देज हुन नहुने माग दोहोर्यााएका थिए। हङकङका अधिकारीले भने विद्यार्थीको माग पूरा गर्न नसकिने अडान लिएका थिए। दुवै पक्ष आआफ्नो अडानबाट टसमस नभएपछि वार्ता विना निष्कर्ष टुंगेको थियो। सरकारी अधिकारीले वार्तापछि विद्यार्थीसँग फेरि अर्को वार्ता हुने आशा व्यक्त गरे। यिङले अमेरिकी पत्रिका वालस्ट्रीट जर्नललाई दिएको अन्तर्वार्तामा त्यहाँ प्रजातान्त्रिक चुनाव सम्भव नभएको बताएका थिए। हङकङको स्थानीय कार्यकारी प्रमुख यिङले चुनावमा जो सुकै पनि उम्मेदवार हुन पाउने व्यवस्था गरिए देश(चीन)का सबै भूभाग प्रभावित हुने विचार व्यक्त गरे।
वालस्ट्रिट जर्नलसँग उनले भने, ‘निर्वाचनमा जोड घटाउ हुन्छ र यदि जोड घटाउको मात्र राजनीति गर्ने हो भने अधिकांश गरिब   रिकबारे सोच्ने कोही हुने छैन।’ करिब एक महिनायता जारी विरोध प्रदर्शन क्रममा झडप बढ्दै गएपछि सरकारले वार्ता गर्ने घोषणा शनिबार गरेको थियो। हङकङ प्रशासनले मंगलबार प्रदर्शनकारी विद्यार्थीसँग वार्ता गर्ने तय गरेको थियो।  हङकङ फेडरेसन अफ स्टुडेन्ट गठन गरी प्रजातान्त्रिक चुनाव माग गर्दै प्रदर्शन जारी राखेका विद्यार्थीको माग सरकारले अस्वीकार गर्दै आएको छ। हङकङमा अहिले लागू संविधानको सुधारमा वार्ता केन्द्रित हुने जानकारी दिइएको भए पनि यसबारे वार्ता भए नभएको खुलासा भएको छैन। विद्यार्थीले प्रजातान्त्रिक चुनावको माग गरी प्रदर्शन जारी राखेका छन्।