हिमपहिरोमा मृत्यु हुनेको संख्या ३३ पुग्यो

कात्तिक ५,काठमाडौँ- हाल सम्म हिमपहिरो र हिमपतका कारण मृत्ु हुनेको संख्या ३३ पुगेको छ । हालसम्म मुस्ताङमा २४, म्याग्दीमा पाँच, मनाङमा तीन र कास्कीमा एक गरी ३३ जनाको निधन भएको गृह मन्त्रालयले जनाएको छ। मन्त्रालयद्धारा जारी  विज्ञप्तिमा मृतकमध्ये १७  नेपाली र १६  विदेशी पोल्यान्डवासी तीन, इजरायली चार, स्लोभाकियाली दुई, भारतीय चार, चिनियाँ जापानी र देश नखुलेको देशका एक एक रहेको जनाइएको छ।

मन्त्रालयका अनुसार मृतकमध्ये ११  नेपाली र छ  विदेशीको शव त्रिवि शिक्षण अस्पतालमा  राखिएको छ भने आजै मात्र थोराङ्भन्ज्याङबाट  दुई नेपालीका शव निकाली जोमसोममा राखिएको छ। घटनामा परी चार क्यानडाली, एक भारतीय र तीन नेपाली  हराइरहेको मन्त्रालयले जनाएको छ।

खोज तथा उद्धारका क्रममा हालसम्म मनाङबाट २६१, मुस्ताङबाट १४६, डोल्पाबाट ७१, गोरखाबाट ३३, कास्कीबाट पाँच र म्याग्दीबाट दुई पदयात्री पर्यटक र तिनका सहयोगीको जीवितै उद्धार गरी सुरक्षित स्थानमा ल्याइएको छ। उद्धारका लागि मनाङ र मुस्ताङका तीनै वटा सुरक्षा निकाय गरी २८० भन्दा बढी सुरक्षाकर्मी र अन्य सरकारी कर्मचारी परिचालन गरिएको छ ।