शीर्ष दलको रिसोर्ट वार्ता आज पनी जारी

कात्तिक ५,काठमाडौँ, – अघिल्लो विघटित संविधानभाको अधिकांश समय रिसोर्ट र पार्टी प्यालेसमा बिताएका दलहरुले नयाँ संविधानका विवादित विषयमा पनि सहमति खोज्न भन्दै हिजो देखि गोकर्ण रिसोर्टमा सुरु भएको आवासीय बैठक आज पनि जारी  छ । शीर्ष तीन दल कांग्रेस, एमाले र एमाओवादीका नेताहरू सम्मिलीत हिजोको बैठकले मुख्य विषयबस्तुमा प्रवेश नै नपाएपछि दलहरुले बैठकलाई आज पनि निरन्तरता दिएका हुन् ।

गोकर्ण फरेस्ट रिसोर्टमा जारी बैठकबाट हिजो साँझ शिर्ष नेताहरु बाहिरिएपनि काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा र महामन्त्री कृष्णप्रसाद सिटौला, एमालेका नेता माधवकुमार नेपाल र महासचिव ईश्वर पोखरेल तथा एमाओवादीका वरिष्ठ नेता डा बाबुराम भट्टराईबीच छलफल जारी रहेको बताइएको  छ । आज बिहान ९ बजेदेखि पुन शीर्षनेताहरुसहितको औपचारिक बैठक सुरु भएको नेताहरुले जनाएका छन् । राज्य पुनःसंरचना, शासकीय स्वरुप तथा न्याय र निर्वाचन प्रणालीका विषयमा दलबीच पटक पटक वार्ता र छलफल भए पनि सहमतिका लागि कुनै प्रगति नभएपछि दलहरू निर्णायक छलफलमा जुटेका हुन् ।

विवादित विषय राज्य पुनःसंरचना, शासकीय स्वरुप तथा न्याय र निर्वाचन प्रणालीका विषयमा दलबीच पटक–पटक वार्ता र छलफल भए पनि सहमतिका लागि कुनै प्रगति नभएपछि निर्णायक भन्दै रिसोर्ट पुगेका हुन् । बैठकमा कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल र महामन्त्री कृष्णप्रसाद सिटौला, एमालेका अध्यक्ष ओली, नेता माधवकुमार नेपाल र महासचिव ईश्वर पोखरेल तथा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता डा बाबुराम भट्टराई र उपाध्यक्ष नारायणकाजी श्रेष्ठ सहभागी थिए ।