भारतबाट फर्केपछि पशुपतिले भने नेपाल हिन्दुराष्ट्र

कात्तिक ४, काठमाडौं-राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशम्शेर जबराले नेपाल हिन्दु राष्ट नै हुनुपर्ने र बताएका छन् ।  उनले आफ्नो पार्टीले पहिलेदेखि नै धर्मनिरपेक्षतावारे विरोध जनाउँदै आएको बताउँदै आगामी संविधानमा धर्मनिरपेक्षता राख्ने वा नराख्नेबारे जनमतसंग्रह गर्नुपर्छ भने । उनी केही दिन भारत भ्रमण गरेर फर्किएपछि त्यस्तो बताएका हुन् । उनले  ‘करिब ८१ प्रतिशतभन्दा बढी जनताले हिन्दूधर्म मान्ने गरेको मुलुक धर्मनिरेपक्ष हुन नसक्ने हुँदा नेपाललाई सनातन हिन्दू राष्ट्र बनाउर्नुे आफ्नो पार्टीको तर्क रहेको समेत स्पष्ट पारेका छन् । धर्मनिरेक्षता सम्बन्धमा आफ्नो पार्टीभित्र बुधबारदेखि औपचारिक छलफल हुने जबराले बताए  ।  संविधानका विवादित विषयमा सहमति नभए प्रक्रियाबाट टुंगो लगाएर भए पनि माघ ८ गतेभित्र संविधान जारी गर्नुपर्ने बताएका छन् ।
माघ ८ भित्र सविधान जारी हुने सम्भावना बढ्दै गए पनि ढुक्क हुने अवस्था नरहेको हुँदा सकारात्मक दबाबका लागि सबैसँग आग्रह गरे ।