निगमको मासिक नाफा झन्डै ४८ करोड

कात्तिक २, काठमाडौँ -अन्तराष्ट्रिय बजारमा इन्धनको मूल्यमा आएको गिरावटले नेपाल आयल निगमको नाफा बढाइ दिएको छ । भारतीय आयाल कर्पोरेसन (आइओसी)ले बिहिबार पठाएको नयाँ मुल्य अनुसार अक्टोबर महिनामा निगमको नाफा ४७ करोड ६९ लाख रुपैयाँ हुने देखिन्छ। १५ दिनयता घटेको मूल्यले निगमको नाफा थप बढाएको खबर आजको कान्तिपुरमा छापिएको छ।
यसअघिको प्रक्षेपण अनुसार यस महिना अक्टोबरमा निगमलाई २६ करोड १४ लाख रुपैयाँ नाफा हुने थियो । निगमले दुई साता अघि मात्रै लागु गरेको स्वचालित मुल्य लागु गरेको भए निगमको नाफा केहि कम हुने थियो । तर निगमले मूल्य घटेर आएपनि अझै समायोजन गरेको छैन ।
अन्तर्राष्ट्रिय बजारमा इन्धनको भाउ घटेपछि आइओसीले पठाएको मुल्य अनुसार निगमको नाफा बढेको हो । अन्र्तराष्ट्रिय बजारमा मुल्य घटेपछि आइओसीले भारतमा पनि पेट्रोलमा प्रति लिटर एक रुपैयाँ घटाएको थियो । तर, नेपालमा भने लागु गरिएको छैन ।
सरकारले असोज १३ गतेबाट पेट्रोलियममा स्वाचालित मुल्य  प्रणाली लागु गरेको थियो । प्रणाली लागु भए पेट्रोल र डिजेलको मुल्यमा उपभोक्ताले केही राहत पाउनेछन । तर, निगमको नाफामा केही कमी हुने भएकाले मुल्य यथावत राखेको छ ।
निगमका प्रबत्ता मुकुन्द्र प्रसाद घिमिरेले निगमको सन्चालक समितीको बैठक नबसेकाले मुल्य समायोजन नभएको जानकारी दिए । ‘सन्चालक समितीको बैठक बसेर समायोजन गर्ने तयारी थियो,’ उनले भने, ‘तर, बैठक बस्न सकिएन ।’ उनले आइतबारसम्म सन्चालकसमितीको बैठक बसेर निर्णय अनुसार समायोजन हुने बताए । ‘बैठक बसेपछि बल्ल घटबढ हुने सक्छ,’ उनले भने ।
स्वचालित प्रणालीमा बजारमा मूल्य बढा बढाउने र घटा नेपाली बजारमा पनि घटाउने गरिन्छ । नयाँ मूल्यपछि निगमलाई पेट्रोलमा प्रतिलिटर १४ रुपैया ७५ पैसा, डिजेलमा प्रतिलिटर ५ रुपैया ८९ पैसा, मट्टीतेलमा प्रतिलिटर १६ रुपैया १९ पैसा नाफा हुने भएको छ ।
यस्तै, हवाई इन्धनमा पनि अत्याधिक नाफा छ । भने, ग्यासमा चर्को घाटा छ ।