प्रचण्डले चाहे संविधान बन्छ : माकुने

कात्तिक १, काठमाडौं -नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले प्रचण्डले चाहे समयमानै संविधान बन्ने बताएका छन् । दसैँ तिहारको शुभकामना आदन प्रदान गर्न आयोजीत कार्यक्रममा बरिष्ठ नेता नेपालले प्रचण्डले करा नचपाई काम गर्न सके संविधान बन्ने बताएका हुन् । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री  शेरबहादुर देउवाले माओवादीप्रति इगिंत गर्दै आन्दोलल फिर्ता लिएर सहमतिका लागि लचिलो हुन एमाओवादी अध्यक्ष प्रचण्डलाई आग्रह गरेका थिए । जवाफमा प्रचण्डले   प्रचण्डले १२ बुँदेदेखि शान्ति सम्झौता, संविधानसभा हुँदै हतियार बुझाउँदै आफू लचिलो भएको भन्दै अब कांग्रेस र एमाले लचिलो हुनुपर्ने भन्दै नाल सत्तासाझेदार तर्फ फर्काए । तीन शीर्ष दलहरु संविधानका चार मुख्य विषयमा सहमती नजिक पुग्ने प्रयास गरिरहेका बेला   नेताहरुले एक आपसमा लचिलो बने यसपाली संविधान बन्ने बताएका हुन् ।