प्रम कोइरालाले पदत्याग गर्दै

असोज ३०, झापा-प्रधानमन्त्री सुशिल कोइरालाले संविधान घोषण भएका दिन पदत्याग गर्ने बताएका छन् । झापाको बिर्तामोडमा बुधवारबाट सुरु  थारु कल्याणकारिणी सभाको २१ औं महाधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री कोइरालाले माघ ८ गते संविधान घोषणा हुने बताए । उनले भने ‘संविधान जारी भएपछि म एकछिन पनि कुर्सीमा बस्दिन ।’ सभामा थारु नेताहरुले  बिगतका सरकारले आदिवासी जनजातिसँग गरेको सम्झौता पुरा नगरेकोमा असन्तुष्ट व्यक्त गरेकोमा कोइरालाले सरकारले माग पुरा गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले सबैको सहमतिबाट संविधान आउने दोहोर्याए । प्रधानमन्त्री कोइरालाले आन्दोलनले बिनास ल्याउने भएकाले सहमतिमा आउन आग्रह गरे । आन्दोलनले निकास होइन आदिवासी जनजातिका अघिकार खोसिने कोइरालाको कथन थियो । आन्दोलनरत दललाई प्रधानमन्त्री कोइरालालेसंविधान निर्माण हँदैन भनेर धेरै शंका नगर्न आग्रह गरे । उनले नेपालको संविधान निर्माण प्क्रियामा भारत, चीन, अमेरिका लगायतका देशले चासो राखेको बताए ।  संविधान जारिसँगै देशले आर्थिक प्रगति गर्ने कोइरालाले उद्घोष गरे । ‘स्थानीय निकायको निर्वाचन नहँदा अरवौं रुपैया भ्रष्टचार भएको छ’ उनले भने ‘ राज्यको बजेट बालुवामा पानी हाले जस्तै भएको छ ।’