पेट्रोलियमको मूल्य समायोजन भएन

असोज ३०, काठमाडौं-सरकारले पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय भाउ अनुसार स्थानीय मूल्य समायोजन गर्न बेवास्ता गरेको छ। अन्नपूर्ण पोस्ट दैनिक लेख्छ सेप्टेम्बर २९ असोज १३० मा पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली लागू गर्ने घोषणा सरकारले गरे पनि अक्टोबर १ मा  १५० मा मूल्य समायोजन गरेन।
अन्तर्राष्ट्रिय मूल्यअनुसार स्थानीय भाउ प्रत्येक अंग्रेजी महिनाको १  र १६ तारिखमा तोक्ने निर्णय सरकारले गरेको थियो। क्यालेन्डरअनुसार अक्टोबर १६ मा  ३०० मा नयाँ मूल्य निर्धारण गर्नुपर्छ।

नेपाल आयल निगमका प्रवक्ता मुकुन्दप्रसाद घिमिरेले बीचमा दसैं परेकाले मूल्य प्रणाली लागू गर्न नसकेको स्पष्टीकरण दिए। बुधबार साँझ भारतबाट नयाँ मूल्य आएपछि बोर्ड बैठक बसेर मूल्य समायोजन हुन्छ, उनले भने। बैठक कहिले बस्छ र मूल्य समायोजन हुन्छ भन्न नसकिने उनले बताए।