एमाओवादीलाई आफ्नो हैसियतमा रहन आग्रह:नेपाल

असोज १३, बारा– एमाले बरिष्ठ नेता माधवकुमार नेपालले  एमाओवादलिाई आफ्नो हैसियतमा रहन आग्रह गरेका छन् । जनताले एमाओवादीलाई एक नम्बर पार्टिबाट तिन नम्बरमा झारि दिएकाले तेही हैसियतमा रही राजनिती गर्नु पर्ने बताए । दसैंको अवसरमा नेकपा एमाले बाराले औराहामा गरेको शुभकामना आदानप्रदान कार्यक्रम बोल्दै नेता नेपालले एमाओवादीका कारण  संविधान निमाणमा ढिलाई भैरहेको आरोप समेत लगाए । दलहरुबिच नयाँ संविधान निर्माणका लागि काम भइरहेका बेला एमाओेवादीले नचाहिदो अड्को थापिरहेको उनको भनाई थियो । जनताको म्यान्डेड अनुसार नैं नयां संविधान तोकिएकै समय माघ ८ गते आउनेमा आफु बिस्वस्त रहेको दाबी गरे ।