पार्टि निर्णय बिरुद्ध हिन्दू राज्यको मागमा गुट भेला गरिने

असोज १३, काठमाडौं – नेपाली काँग्रेसले धर्म निरपेक्ष स्विकार गरेको भएपनि केही हिन्दुवादी काँग्रेस नेताहरु पार्टि निर्णय बिरुद्ध लागि परेका छन । नेपाल पुनह हिन्दू राज्य हुनुपर्ने भन्दै काँग्रेस नेता खुमवहादुर खड्काको गुटले दशैंपछि राष्ट्रिय भेला गर्ने भएको छ । भ्रष्टाचारको मुद्धामा जेल सजाय भोगिसकेका काँग्रेस नेता खड्काले पछिल्लो समय पार्टि बिपरित हिन्दु राज्यको माग अर्दै अभियान नै चलाएका छन । उनको गुटले हिन्दू राज्यको माग सहित असोज २३ र २४ राष्ट्रिय भेलाको आयोजना गर्न लागेको स्रोताले बताएको छ । पैसाको लोप देखाई जबरजस्ती धर्म परिर्बतन गर्न लागिएको र नेपाललाई पनि विदेशीको प्रलोभनमा परि धर्म निरपक्ष घोषणा गरिएकाले अब काँग्रेसको नेतृत्वमा पुनह हिन्दू राज्य फर्काउन अघि बढेको नेता खडकाले बताउदै आएका छन । खडका निकट एक नेताका अनुसार असोज २३ र २४ गते कांँग्रेस भित्रका उनि निकट नेता कार्यकर्ताहरुको मात्र भेला हुनेछ । सो भेलामा कांँग्रेसका नेताहरुदेखि सभासदसम्मको सहभागिता हुनेछ । भेलामा सभासद तथा बरिष्ठ नेता केबी गुरुङ, पूर्व सभामुख तारानाथ रानाभाट, लक्ष्मण घिमिरे, हरिबोल भट्टराई, रामजीवन सिंह लगायतका नेताहरु सहभागी हुनेछन । खडका गुटले असोज २५ र २६ गते अन्य पार्टीका हिन्दूवादी नेता कार्यकर्ता र साधु सन्तहरुको भेला समेत  गर्ने जनाइएको छ ।