दशैँमा घरको सम्झना : रोशन मिश्र

यसपाली पनि घर आउन सकिन
आमाको हातको टीका लाउन सकिन

चार्डबाड आउदा छाती चर्किनछ
घर माथि लिङ्गे पिङ हाल्न सकिन

दशैमा घर आउन बिदा मागे कै थिए
कुरेर नबसे है बिदा पाउन सकिन

खेल्दै हिडने भईलो थियो मेरो मनमा
जन्म भूमिमा भईलो गाउन सकिन