आतङ्कवादी लडाकुसम्बन्धी प्रस्ताव पारित

असोज ९, काठमाडौँ-संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषदसम्बन्धी सम्मेलनले विदेशी आतङ्कवादी लडाकुसम्बन्धी प्रस्ताव पारित गरेको छ ।राष्ट्रसङ्घको मुख्यालयमा भएको उक्त सम्मेलनको संयुक्त राज्य अमेरिकाका राष्ट्रपति बाराक ओवामाले अध्यक्षता गरेका थिए । सम्मेलनमा प्रधानमन्त्री सुशील कोइराला र परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले भाग लिनुभयो । सो अवसरमा सम्मेलनले पारित गरेको उक्त प्रस्तावमाथि नेपालले पनि सहमति जनाएको न्यूयोर्कस्थित संयुक्त राष्ट्रका लागि नेपाली नियोगले जनाएको छ । विश्वशान्ति स्थापना कार्यमा नेपालले ५६ वर्षदेखि योगदान पु¥याउँदैआएको छ । यस अवधिमा नेपालले विश्वका विभिन्न मुलुकमा शान्ति स्थापनाका लागि एक लाखभन्दा बढी सङ्ख्यामा नेपाली सेना पठाइसकेको छ । सो अवधिमा नेपालले सुरक्षा परिषदमा दुई पटक रहेर काम गर्ने अवसरसमेत पाइसकेको छ । विश्वमा शान्ति सेना पठाउने मुलुकमा नेपालको स्थान अहिले पाँचाँैमा पर्दछ ।