राष्ट्रसंघको महासभा आजदेखि शुरु

असोज ८, काठमाडौँ-संयुक्त राष्ट्रसंघको ६९ औं महासभा आजदेखि औपचारिक रुपमा सुरु हुँदैछ । महासभामा भागलिन राष्ट्रसंघमा आबद्ध राष्ट्रका प्रतिनिधिहरु अमेरीकाको न्युयोर्कमा पुगिसकेका छन् ।  नेपालका तर्फबाट महासभामा भागलिन गएको प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको टोली सोमबार नै न्युयोर्क पुगेको छ ।  महासभालाई प्रधानमन्त्री कोइरालाले पर्सी सम्बोधन गर्ने बताइएको  छ । प्रधानमन्त्रीले न्यूयोर्कमा रहँदा केही उच्चस्तरीय राजनीतिक भेटघाट र द्विपक्षीय वार्तालाई समेत निरन्तरता दिने र भोली भारतका प्रधानमन्त्री नदीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।