बन्जी गर्न डराएपछि रोइन सुष्मा कार्की

असोज ८,कास्की-पोखरामा वाटर टच बन्जी गर्न गएकी अभिनेत्री सुष्मा कार्की डराएर रुदैँ फर्केकी छिन् । आजको नयाँ पत्रिका दैनिक लेख्छ, जँप गर्न टावरमा पुगेपछि उनी डराएकी हुन् । जसकारण उनी आधा घण्टासम्म रुँदै त्यही बसिन । बन्जी गर्न जानुअघि तामझामका साथ साहसिक हुदै विभिन्न पोजमा फोटो खिचाएर हल्ला गर्दै टावर पुगे पनि उनमा आँट आएन । उनले हाम फाल्न पाँचौ पटक सम्म प्रयस गरेकी थिईन । रिंगटा लागेकाले हामफाल्न उचित नठानेको उनले बताईन ।