प्रधानमन्त्री कोइराला खतरा मुक्त

असोज ७, काठमाडौँ-प्रधानमन्त्री सुशील कोइराला क्यान्स्रमुक्त भएको चिकित्सकहरुले बताएका छन् । गएराती मेमोरियल स्लोन केटरिड। क्यान्सर अस्पतालमा अनुगमन स्वास्थ्य परीक्षण गरिएको थियो । प्रधानमन्त्रीले रेडियो थेरापी लिनुभएको ६ हप्तापछि यो फलोअप चेकअप गराउनु भएको हो ।
मेमोरियल स्लोन क्यान्सर अस्पतालमा डा। मञ्जित बैन्सले उहाँको रगत परीक्षण, सीइसीटी, छाती र पेट स्क्यान गराउनु भएको थियो । सबै परीक्षण रिपोर्टहरुको विश्लेषणपछि  प्रधानमन्त्री कोइरालाका निजी चिकित्सक डा। करवीरनाथ योगी र डा। बैन्सले  प्रधानमन्त्री कोइराला क्यान्सर रोगबाट मुक्त हुनुभएको बताउनु भएको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले जानकारी दिनुभयो । डा योगिका अनुसार उहाँको फोक्सोमा देखिएको सेतो दाग रेडियो थेरापी उपचारपछि हटेको छ ।