कोरियाली भाषा परीक्षा उत्तीर्णलाई जनवरीबाटै रोजगारी

असोज ७, काठमाडौं-कोरियाली भाषा उत्तीर्ण गर्नेको सम्पूर्ण प्रक्रिया पुरा भएर जनवरीबाट रोजगारमा जाने क्रम सुरु हुन्छ । यस वर्ष भाषा परीक्षामा सफल भएकाको स्वास्थ्य परीक्षण भाषा परीक्षाको नतिजा आएको डेढ महिनाभित्र गरिसक्ने इपिएस कार्यालयको तयारी छ । इपिएस प्रमुखका डिल्ली बास्तोलाका अनुसार डिसेम्बर महिनाको तेस्रो साताभित्र भाषा परीक्षा उत्तीर्ण हुनेको सम्पुर्ण प्रक्रिया पुरा हुनेछ । ‘सम्पुर्ण प्रक्रिया पुरा भएको १० दिनपछि कोरियाको रोजगारको बाटो खुला हुनेछ,’ उनले भने,‘पहिलो  चरणमा उत्तीर्ण भएकामध्ये उच्च अंक ल्याउने ५० प्रतिशत प्राथमिकतामा पर्छन् ।’मासिक १ लाख रुपैयाँ न्यूनतम आम्दानी हुने भएकाले नेपाली युवामाझ कोरिया रोजगारमा आकर्षण छ,आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।