मकाउको भिसामा नेपालीलाई रोक

असोज ५,काठमाडौं-चीनको विशेष प्रशासनिक क्षेत्र मकाउलाई सार्वभौम मुलुकजस्तो भान हुने गरी नेपालले सरकारी कागजात जारी गरेकोमा असन्तुष्टि जनाउँदै त्यहाँस्थित चिनियाँ विदेश मन्त्रालयले नेपाली राहदानी बाहकलाई चिनियाँ भिसा दिन अस्वीकार गरेको खबर आजको कान्तिपुरमा निर्मल श्रेष्ठले खबर लेखेका छन्।वैदेशिक रोजगार विभागको त्रुटिका कारण त्यहाँ कार्यरत नेपालीहरू चिनियाँ भिसा लिनबाट बञ्चित भएका हुन्। यससँगै श्रम तथा रोजगार मन्त्रालय र विभागको कूटनीतिक अज्ञानतासमेत सार्वजनिक भएको छ।

मकाउ चीनको विशेष प्रशासनिक क्षेत्र भएकाले यसका नाउँमा जारी हुने सरकारी कागजातमा स्पेशल एडमिनिस्ट्रेटिभ रिजन एसएआर पिपुल्स रिपब्लिक अफ चाइना(पीआरसी) छोटकरीमै भएपनि अनिवार्य लेखिनुपर्ने मान्यता छ। तर वैदेशिक रोजगार विभागद्वारा जारी ‘वैदेशकि रोजगार अनुमति’ स्टिकरमा मुलुकको नाउमा कमाउ मात्र उल्लेख छ। पछिल्लो समय चिनियाँ विदेश मन्त्रालयको कमिस्नर कार्यालयले यस्तो राहदानी बाहकको भिसासम्बन्धी निवेदन अस्वीकार गर्दै आएको छ।