नेपाललाई हरतवरले सघाउन भारत तयार: गृहमन्त्री सिंह

असोज ४, काठमाडौँ-भारतका गृहमन्त्री राजनाथ सिंहले नेपालको सामाजिक–आर्थिक विकासमा हरतरहले सघाउन भारत तत्पर रहेको बताएका छन्। दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क०का आन्तरिक मामिलारगृहमन्त्रीहरूको छैटौँ बैठकमा भाग लिन राजधानीमा रहेका उनले स्वदेश प्रस्थान गर्नुअघि आज राजधानीमा आयोजित पत्रकार सम्मेलनमा नेपाल सरकारले विकास निर्माण योजना बनाएर भारतसमक्ष प्रस्तुत गरेमा जस्तोसुकै सहयोग गर्न आफ्नो मुलुक तयार रहेको बताएका हुन्। तीनदिने नेपाल बसाइका क्रममा आफूले राष्ट्रपति डा रामवरण यादव, प्रधानमन्त्री सुशील कोइराला, उपप्रधानमन्त्री एवम् गृहमन्त्री वामदेव गौतमसहित सबै राजनीतिक दलका नेतासँग बेग्लाबेग्लै भेटवार्ता गरेको र उहाँहरूले निर्धारित मितिमा संविधान जारी गरेर नेपाललाई विकास–निर्माणको बाटोमा अग्रसर गराउने प्रतिबद्धता व्यक्त गरेको जानकारी गराए।  भारतले नेपालमा शान्ति, स्थायित्व र समृद्धि कायम होस् भन्ने चाहेको भन्दै उनले दुवै मुलुक शान्ति, समृद्धि र स्थायित्वका निम्ति परिपूरक भएको बताए। भारत–नेपाल सम्बन्धका विविध आयामबारे चर्चा गर्दै उनले प्रागऐतिहासिक त्यो सम्बन्ध उत्तिकै भावनात्मक एवम् सुमधुर रहेको बताए।