तरकारीभन्दा मासु सस्तो

असोज ३,काँकडभिट्टा-झापामा ब्रोइलर कुखुराको मासु तरकारीभन्दा सस्तो भएको छ । आजको कान्तिपुर दैनिकमा समाचार छ डेढ सय रुपैयाँमा एक छाक तरकारी पाउन गाह्रो छ । तर, व्रोइलर कुखुराको मासुचाहिँ पाइन्छ । ब्रोइलर कुखुरा उत्पादक गर्ने कृषकले व्यवसायीलाई मासु नदिएर आफै बेच्न थालेपछि मासु सस्तिएको हो । प्रतिकिलो २ सय रुपैयामा कृषकले मासु वेच्न थालेपछि व्यवसायीले पनि कृषक भन्दा ५० रुपैया सस्तो मूल्यमा मासु दिन थालेका छन् ।

केही दिनअघि उपभोक्ताले प्रतिकिलो ३ सय रुपैया तिर्नुपथ्र्यो । दशैको मौका छोपेर व्यवसायीले भाउ बढाउन लाग्दा कृषकले सस्तोमा बेच्न थालेपछि व्यवसायीले ५० रुपैया सस्तोमा मासु उपलव्ध गराउन थालेका हुन् । तरकारीभन्दा मासु सस्तो भएको छु, उपभोक्ता डिल्ली अधिकारीले भने ।

कृषकहरुले आइतबारदेखि दशैंलाई लक्षित गरी काँकडभिट्टामा स्टल राखेरै सस्तो मूल्यमा मासु विक्री वितरण थालेका छन् । जसले कृषक र व्यवसायीवीच कसले कम मूल्यमा मासु वेच्ने भन्ने प्रतिष्पर्धा चलेको छ । ुकृषक र व्यवसायीको हानथापले उपभोक्तालाई फाइदा पुग्योु, स्थानीय उपभोक्ता युवराज दाहाल भन्छन् ।

यसअघि विचौलियाका कारण उपभोक्ताले बढी मूल्य तिरेर मासु किन्न वाध्य थिए । विचौलियाले कृषकवाट सस्तोमा कुखुरा खरिद गरी महंगोमा व्यवसायीलाई वेच्दा उपभोक्ताले महंगो मूल्य तिर्नु पर्ने वाध्यता थियो । उपभोक्ता मञ्च झापाका उपाध्यक्ष अमृतलाल श्रेष्ठले मासुको मूल्य घटेर उपभोक्तालाई सहुलियत भएको बताए ।