वैद्यले राजनीतिक इतिहासमै ठूलो भुल गरे अध्यक्ष ओली

भदौ ३१, काठमाडौँ-नेकपा माओवादीका अध्यक्ष मोहन वैद्य नेतृत्वको मोर्चाले गोलमेच सम्मेलन बहिस्कार गरेपछि संविधानसभा भवनको ल्होत्से हलबाट रित्तो हात फर्किएका शीर्ष दलका शीर्ष  नेताहरुले वैद्यले ठूलो भूल गरेको बताएका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बैद्यले  गरेको प्रस्तावबाट पछि हटेर वैद्यले राजनीतिक जीवनको इतिहासमै गम्भिर गल्ति गरेको भन्दै उनीहरुले अब यो अवसर आउन नसक्ने संकेत गरेको औँल्याएका छन् ।

अध्यक्ष ओलीले उनले जीवनकै ठूलो भुल गरेको र यसले उनलाई ठुलो पछुतो हुने भन्दै वैद्य कमरेडले  एउटा अबसर गुमाएको र अब यस्तो अवसर फेरि नआउने बताएका छन्  । ओलीले अब संविधानसभाले आफ्नो काम अघि बढाउने र कसैलाई पर्खेर नबस्ने समेत प्रस्ट्याएका छन् ।

वास्तवमा हामीले उहाँले भने अनुसारनै जे भन्यो त्यो मान्दै गयौँ । अहिले आएर प्रष्ट भएको छ, गोलमेच सम्मेलन उहाँहरुको बहानामात्र रहेछ । हिजो उहाँहरुले संविधानसभा बाहेक अन्तबाट बनाइएको संविधान मान्दैनौं भन्नुभयो । आज गोलमेच भन्नुभयो । आखिर दुवै ठाउबाट छाडेर उहाँहरुको सबै बहाना छरपष्ट भएकाले बैद्यको नियत नै खराब भएको ओलीको निश्कर्ष थियो ।