३ सय नेपाली कामदार लैजान इजरायल सहमत

भदौं ३१,काठमाडौं-इजरायलले पाइलट प्राजेक्ट अन्तर्गत पहिलो चरणमा ३ सय जना नेपाली कामदार लैजाने भएको छ । आजको अन्नपूर्ण पोस्टमा समाचार छ, यसरी जाने नेपालीले केयर गिभर हेरचाह गर्नेको काम गर्नुपर्छ । नेपाली कामदार लिने सम्बन्धमा छलफल गर्न आएको इजरायली टोली र नेपाल सरकारका प्रतिनिधिबीच यस्तो सहमति भएको हो । कामदार पठाउने मोडालिटीबारे भने टुंगो लागेको छैन् । द्धिपक्षीय वार्ता गरी साझा  खाका बनाएर मोडालिटी टुंगो लगाउने सहमति भएको छ ।