अध्यक्षले पार्टीमा एकाधिकारवाद लाद्न खोजे : नेपाल

भदौ  २९,काठमाडौँ-नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी ओलीको पार्टीमा एकाधिकार लाद्न खोजेको आरोप लगाएका छन् । आइतबार  राजधानीमा आयोजीत युवा संघ नेपालको विस्तारित बैठकलाई सम्बोधन गर्दै नेपालले ओली पार्टी पद्धति विपरित चल्न थालेको आरोप लगाएका हुन् । २६ सभासद् मनोनयन, प्रमुख सचेतकको चयन र नयाँ मन्त्री नियुक्तिको विषयमा पार्टीमा सरसल्लाह नगरिएको नेपालको आरोप छ । स्थायी कमिटि गठन नगरेर अध्यक्ष ओलीले एकलौटी निर्णय गरेको आरोप लगाउँदै उनले यस्तै अवस्था रहिरहे पार्टीमा समानान्तर कमिटि संचालन हुनसक्ने चेतावनी समेत दिए ।