परिषदले आज प्रधानन्याधिसको शिफारिस गर्ने

भदौ २७, काठमाडौँ-संवैधानिक परिषदको बैठक आज बस्दैछ । प्रधानन्याधिस दामोदर प्रसाद शर्माले आगामी २४ असोजबाट उमेर  हदका कारण अनिवार्य अवकाश पाउने भएकाले नयाँ प्रधानन्याधिसको सिफरिसका लागी प्रधानमन्त्रि शुुशिल काइरालाले आजका लागी  बैठक डाक्नुभएको परिषदका एक सदस्यले जानकारी दिए ।  बैठक विहान साडे १० बजे सिंहदरबारमा बस्ने प्रधानमन्त्रीका प्रेस सल्लाहाकार प्रकार अधिकारीले जानकारी दिनुभयो । परिषदको सिफारिसमाथि संसदीय समितिबाट सुनुवाइ गरी नियुक्ति गर्न कम्तीमा तीन साताको समय लाग्ने भएकाले भावी प्रधानन्यायाधीशको सिफारिस आज गर्न लागिएको हो ।

प्रधानमन्त्री कोइराला उपचारका लागी आगामी असोज पहिलो साता  अमेरीका जाने कार्यक्राम तय भइसकेकाले त्यसअघि नै नियुक्ति सिफसि गर्ने भन्दै बैठक बोलाइएको हो । प्रधानमन्त्री विदेश गएका बेला परिषद बस्न नसक्ने र २३ असोजभित्र सिफरिस नभए मुलुक प्रधानन्याधिस विहिन बन्े भएकाले सभामुख सुवास नेम्वाङले प्रधानमन्त्रीको ध्यानआर्कषण गराएपछि परिषद बैठक आज बस्न लागेको हो । बैठकका लागी  परिषदका सबै सदस्यलाई पत्राचार गरी अनिवार्य उपस्थीत हुन भनिएको छ । प्रधानमन्त्रीको अध्यक्षताम रहने परिषदमा सभामुख, प्रधानन्याधिस, प्रमुख विपक्षी दलका नेता र तीन मन्त्री सदस्य रहने व्यबस्था छ ।  परिषदका एक सदस्यका अनुसार बैठकमा ुप्रधानन्यायाधीश नियुक्तिको सिफारिसका अलावा प्रधानमन्त्रीले विविध एजेन्डाु राख्नु हुने भएको छ ।

परिषद बैठकमा विविध शीर्षकको एजेन्डा राखिए पनि संवैधानिक निकायहरू मानव अधिकार आयोग, लोकसेवा आयोग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पदाधिकारी नियुक्तिको सिफारिस गर्ने सम्भावना भने छैन । ती निकायमा पदाधिकारी नियुक्तिका लागि प्रमुख दलहरू कांग्रेस, एमाले र एमाओवादीबीच भागबण्डा गर्ने विषयमा छलफलसमेत नभइसकेकाले परिषद बैठकमा त्यसबारेमा छलफल हुने छैन । मानव अधिकार आयोगमा पूरै पदाधिकारी, लोकसेवामा दुई सदस्य र अख्तियारमा तीन सदस्य पद खाली छन् ।