बेलायत टुक्रिए विश्वभर तरंग

भदौ २७,काठमाडौं-संयुक्त अधिराज्य बेलायतको एक हिस्सा स्कटल्यान्ड स्वतन्त्र देश हुने कि नहुने भन्ने मुद्दामा मतदान हुनु नौ दिनअघि गरिएको मतसर्वेक्षणले ‘स्वतन्त्र स्कटल्यान्ड’ पक्षमा बहुमत देखाएपछि विश्व ध्यान बेलायततिर तानिएको छ।आजको नागरिक दैनिकमा छापिएको समाचार अनुसार बेलायत टुक्रिँदा त्यसको तरंग विश्व अर्थतन्त्रमै पर्ने विश्लेषणसँगै सेप्टेम्बर १८ (असोज २ ) मा हुने जनमतसंग्रह सबैको चासोको विषय बनेको हो।
जनमतको परिणामले स्कटल्यान्डलाई स्वतन्त्र राष्ट्रका रुपमा पदार्पण गराए त्यसबेला बेलायत र समग्र विश्वमा कस्तो असर पर्ला भन्ने लेखाजोखा सुरु भइसकेको छ। मतसर्वेक्षण सार्वजनिक भएपछि विश्वबजारमा बेलायती मुद्रा स्टर्लिङ पाउन्ड कमजोर बनेको सन्दर्भलाई सेप्टेम्बर १८ को सम्भावित परिणामसँग जोडेर हेर्न थालिएको छ।
स्कटल्यान्डलाई स्कटिस पहिचानका आधारमा स्वतन्त्र देश बनाउनुपर्ने पक्षमा ५० प्रतिशतभन्दा बढी मत आउने सर्वेक्षणको नतिजा सार्वजनिक भएपछि बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनसहित प्रमुख दलका नेता उत्तरी क्षेत्रको भ्रमणमा निस्किएका छन्। एकीकरणढ पक्षधरहरू आफ्नो पक्षमा मतदान गरे स्कटल्याण्डको संसदलाई बढी अधिकार दिने प्रतिवद्धता जनाउँदै हिडेका छन्।