संसदमा आज विनियोजन विधेक माथि छलफल हुने

भदौ २६, काठमाडौँ-व्यबस्थापिका संसदको बैठक आज पनि बस्ने भएको  छ । एमाओवादी लगायतका प्रतिपक्षी दलका अवरोधका कारण एक साता पछि बसेको संसदको हिजोको बैठक अवरुद्ध भएपछि आज दिउसो ३ बजेका लागी बोलाइएको  संसद सचिवालयका सह प्रवक्ता सुर्दश्न कँुइकेलले जानकारी दिनुभयो । सहप्रवक्ता कुइकेलका अनुसार आजको बैठक अबरुद्ध नभए विनियोजन विधेक माथि छलफल हुनेछ ।  गएको भदै १२ गते बसेको संसद बैठकमा एमाओवादी अध्यक्ष पुष्पकमल दहालले संविधानसभा निर्वाचनपछि भएको चार बुँदे सहमति कार्यान्वयनको माग बैठक अवरुद्ध भएको घोषणा गर्नु भएको हो ।  विपक्षीले पुष ९ गते भएको चारबुँदे सहमतीको कायान्वयनको माग गर्दै हिजो गरेको अवरुद्ध चौथो पटक हो । यद्यपी विपक्षिकै अवरोधका कारण आजको बैठक चल्ने नचल्ने भन्नेमा पनि अन्योलता कायमै छ ।