जिप दुर्घटनामा चालकको मृत्यु, दुई घाइते

भदौ २५,दार्चुला-स्थानीय मालिकार्जुन गाविस–५ मालिकार्जुन मन्दिर नजिक जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।  गएराती  दत्तुबाट मालिकार्जुन गइरहेको ना१ज ३१०५ नम्बरको जिप सडकबाट २५० मिटर तल खोल्सोमा खस्दा शङ्करपुर–१ थकतोलीका ३२ वर्षीय जिप चालक श्यामराज जोशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।  जिपमा सवार जिप मालिक जीतसिंह धामी र खलासी गम्भीरसिंह धामी घाइते भएका र उनीहरुको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको प्रहरीले जनाएको छ । साँघुरो कच्ची बाटो र तीव्र गतिका कारण जिप दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।