तीन हप्तादेखि ग्यासको हाहाकार

भदौ २५, जाजरकोट-जिल्लामा खाना पकाउने एलपी ग्यासको अभाव भएको छ । तीन हप्तादेखि यहाँको सदरमुकाममा खाना पकाउने ग्यासको अभाव भएको हो ।  सल्लीबजार जाजरकोट सडकखण्डका विभिन्न ठाउँमा पहिरो पन्छाउन नसकिएका कारण ग्यास ल्याउन समस्या भएको मनकामना ग्यास र भेरी ग्यासका बिक्रेताले बताएका छन् । यहाँको सदरमुकाममा ५०० भन्दा बढी ग्यासबाट खाना पकाउने उपभोक्ता रहेका छन् ।  खलङ्गा, वोहरा, दल्ली, रिम्ना, थाप्ले, गौरीखालीलगायतका ठाउँमा रहेका होटल व्यवसायीले अत्यधिक ग्यासको प्रयोग गर्ने गरेका छन् । ग्यास सकिएपछि सबैभन्दा बढी सदरमुकाममा भाडा गरी बस्ने विद्यार्थीलाई भएको छ ।  उनीहरू अहिले महँगो पैसा तिरेर होटलमा खाना खाइरहेका छन् । जाजरकोट सदरमुकाममा मनकामना र भेरी ग्यास प्रयोगमा छन् । होटलमा अहिले दाउराको प्रयोग गरेर खाना पकाइरहेको नयाँ नेपाल होटलका सञ्चालक लोकबहादुर खत्रीले बताउनुभयो । ग्यास सकिएपछि यहाँको सदरमुकाममा दाउराको व्यापार ह्वात्तै बढेको छ