श्रीमानको शव आउनासाथ श्रीमतीले गरिन् आत्महत्या

भदौ २४,उदयपुर-कतारमा रोजगारीका लागि गएका त्रियुगा नगरपालिका–१७ गैरुनका हरि सदाको शव कतारबाट आएपछि उनकी श्रीमती संगीता बाँतरले पनि प्राण त्यागेकी छन्। सोमबार श्रीमानको शव आँगनमा आएलगत्तै संगीताले आत्महत्या गरेपछि उनीहरुका आठ महिनाका छोरा उत्तम र आठ वर्षकी छोरी उषा सहाराविहिन भएको खबर आजको नयाँ पत्रिकामा छापिएको छ।

धन कमाएर ल्याउने भन्दै सात महिनाकी गर्भवती श्रीमती र छोरीलाई छाडेर कतार गएका ३४ वर्षीय हरिको २५ साउनमा कामकै क्रममा घरको आठ तलामाथिबाट लडेर मृत्यु भएको थियो।