चावहिलमा बस पल्टिदा ८ जना घाइते

भदाै‌ २०,काठमाडौ-राजधानीको चावहिलस्थित गोपीकृष्ण सिनेमा हल नजिकै यात्रुबाहक बस दुर्घटना हुँदा ८ यात्रु गम्भीर घाइते भएका छन् । घाइतेहरुको ओम अस्पतालमा उपचार भइरहेको छ । आज बिहान साडे ६ बजे नयाँ बसपार्कबाट पुरानो बसपार्क जाँदै गरेको मध्यउपत्यका यातायातको बा १ ख ९२४० नम्बरको बस सडकमा पल्टिएको प्रहरीले जनाएको  छ । प्रहरीका अनुसार बसको गती तिब्र भएकाले डाइभरले सरकमा भएको खानेपानीको खाल्डोलाई छल्न नसक्दा  बस पल्टिएको हो । बाटो अवरुद्ध हुनेगरी सडकका बस पल्टिएका कारण  बिहानैदेखि अबरुद्ध यातायात सेवा अहिले सुचारु भएको  छ ।