भारतमा आतंकवादी सञ्जाल अलकायदाको शाखा

भदौ २०,काठमाडौं–विश्वव्यापी आतंकवादी सञ्जाल अलकायदाले दक्षिण एसियालाई लक्ष्य गरी भारतमा शाखा खोल्ने घोषणा गरेको छ । यो घोषणासँगै भारतमा उच्च सुरक्षा सतर्कता अपनाइएको समाचार छ ।अलकायदाले बुधबार एउटा भिडियो सार्वजनिक गरी भारतमा आफ्नो शाखा खोली आफ्नो अभियानलाई तिब्रता दिने बताएको हो । अल कायदा प्रमुख आइमन अल जवाहिरीले भिडियो सन्देशमा दक्षिण एसियालाई लक्ष्य बनाएर भारतमा शाखा खोल्न लागिएको जानकारी दिएका थिए ।
सो समाचारपछि भारतका कतिपय राज्यमा उच्च सुरक्षा सतर्कता अपनाइएको समाचारतमा जनाइएको छ । भारतीय राज्यहरु गुजरात,मध्यप्रदेश,उत्तर प्रदेश र विहार राज्यमा सुरक्षालाई सतर्क अवस्थामा राखिएको बिहिबार प्राप्त समाचारमा जनाइएको छ ।
भिडियो सार्वजनिक भएपछि भारतीय गृहमन्त्री राजनाथ सिंहले यसको आधिकारितकताबारे उच्च सुरक्षा अधिकारीहरुसँग भेट गरेका छन् । सम्भावित हमला रोक्न गृहमन्त्रालयले सबै राज्य र सुरक्षा निकायलाई उच्च सतर्कता अपनाउन आदेश दिएको गृह मन्त्रालयका अधिकारीले बताए । आजको राजधानी दैनिकमा खबर छ ।