निर्देशन नमान्दै सभासद्हरु विदेश भ्रमणमा

भदौ २०, काठमाडौँ –संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्बाङको निर्देशन विपरीत सातजना सभासद् शुक्रबार मलेसिया जाँदैछन्  । नेम्बाङले संविधानको मस्यौंदा तयार नभएसम्म जिल्ला समेत नजान निर्देशन दिइरहेका बेला अर्थ समितिका सभापति प्रकाश ज्वालाको नेतृत्वमा यी सभासद मलेसिया जान लागेका हुन् ।मलेसिया जाने सभासदमा कांग्रेसका कमला पन्त, जगदीश्वरनरसिंह केसी, नेकपा मादेका सीपी मैनाली लगायतका छन् ।

आजको अन्नपूर्ण पोस्ट दैनिक लेख्छ, एमाओवादीले आफ्नो सभासदलाई विदेश जान रोक लगाएको छ । एमाओवादीका शक्ति बस्नेत विदेश जाने टोलीमा भएपनि सचेतक गिरीराजमणि पोखरेलले नजान निर्देशन दिएका हुन् ।  यसैगरी गरी केही सभासद असोजको दोस्रो साता चीन भ्रमणमा जान लागेका छन् ।