कार्यतालिकाभित्रै सहमति खोज्न संवाद समितिको पहल जारी

भदौ १७, काठमाडौँ-संविधानसभाको सबैभन्दा शक्तिशाली र सक्रिय समिति राजनीतिक सम्वाद तथा सहमति समितिले निर्धारित कार्यतालिकामै सहमति जुटाउन पहल जारी रखेको छ । शीर्ष नेताहरुको अनिवार्य उपस्थिति सहित समितिले मंगलबारबाट छलफललाइ समय बढाएर निरन्तरता दिने जनाएको  छ ।  अब सहमतिका लागि थोरै मात्र समय बाँकी रहेकाले कार्यतालिकाभित्रै सहमति खोज्न दिनभर छलफल गर्ने समितिका सदस्य रामचन्द्र पौडेलले जानकारी दिए । पौडेका अनुसार  आजको बैठकमा व्यक्तिगत धारणा नभई पार्टीको आधिकारिक धारणा मात्र रसदस्इालर्ई निर्देशन दिइएको छ ।  आगामि भदौ २१ गतेलाई जेठ अघिल्लो संविधानसभाको जेठ १४ मानेर काम गर्ने दलहरुले बताएका छन् । भदौ २१ भित्र भएका सहमतिका आधारमा संविधानको मस्यौदा तयार हुन्छ । संघीयतामा कति प्रदेश कायम गर्ने, शासन प्रणाली कस्तो अवलम्बन गर्ने भन्ने विषयमा दलहहरुबीच विवाद छ ।