प्रचण्डको विषयमा कांग्रेस र एमालेका नेताबीच भनाभन्

भदौं १७, काठमाडौं-तीन राजनीतिक दलबीच उच्चस्तरीय राजनीतिक समितिको विषयलाई लिएर व्यवस्थापितका संसद अबरुद्ध छ । सहमति कायम गर्नको लागि कांग्रेस–एमालेले तीन दल मात्र रहने राजनीतिक समिति बनाउने प्रस्ताव एमाओवादी अध्यक्ष प्रचण्डले अस्वीकार गरेपछि सहमति पुनः भाडिएको छ । सबै राजनीतिक दललाई समितिमा समावेश गर्दा सहमति कायम गर्न कठिन हुने भएकाले प्रचण्डलाई कांग्रेस एमालेले अन्य दलको प्रस्ताव नगर्न आग्रह गरेका छन् । कांग्रेसका एक नेताले भने, हामी एमाओवादीलाई सहमतिमा लिएर अगाडि जान चाहन्छौ तर एमाओवादीले मोर्चा र गठबन्धन पनि हुनुपर्छ भनेपछि सहमति जुटन नसकेको हो ।

 कांग्रेस–एमालेको प्रस्तावलाई अध्यक्ष प्रचण्डले आफूले मधेसी मोर्चा र पाँच कम्युनिष्ट पार्टीबीच निर्माण भएको गठबन्धलाई पनि राजनीतिक समितिमा समावेश गर्नुपर्ने अडान दोहो¥याएको छन् । प्रचण्डको यस्तो अडान अगाडि सारेपछि कांग्रेस–एमाले र एमाओवादीबीच सहमति विन्दु फेला पर्न सकेको छैन । स्रोतका अनुसार कांग्रेस एमालेका नेताले प्रचण्ड निवासमै पुगेर प्रचण्डसँग प्रचण्डजी तपाईलाई हामी राजनीतिक समितिको संयोजक बनाउन तयार छौ, तर तपाईले मेधसी मोर्चाको छाड्नु प¥यो भनेर आग्रह गरेका थिए । । पहिचान पक्षधरहरुसँग मोर्चा बनाइकसेकाले मलाई निकै गाह्रो छ, पहिला समिति बनाउँऔ त्यस पछि सोचौला भनेर प्रचण्डले भनेपछि कांग्रेस एमालेका नेताहरु लौ त विचार गर्नुहोस भनेर फर्किएका थिए ।

दलहरुको बीचमा सहमति जुटदै गएको अवस्थमा एमाओवादीले चार बुँदे सहमतिको अड्को थापेपछि संविधान निर्माणको कार्यक्रम नै प्रभावित हुने देखिएको छ । कांग्रेसका एक नेताले भने ‘अहिले संविधान निर्माण गर्ने कुरामा मोर्चा र गठबन्धन बोक्दा सबैलाई सहमतिमा ल्याउन गाह्रो हुन्छ, तपाई मात्र आउनुहोस भन्दा प्रचण्ड मान्नुहुन्न ।

 

कांग्रेस एमालेबीच नै भनाभन
प्रचण्डलाई उच्चस्तरीय राजनीतिक समिति होइन राजनीतिक समितिको संयोजन बनाउने तयारी कांग्रेस र एमालेका शीर्ष नेतृत्वले गरपछि दुवै पार्टीमा किचलो देखा परेको छ । कुनै पनि समिति बनाउन नहुने भन्दै प्रचण्डलाई अनावश्यक समितिको निर्माण गरेर त्यसको संयोजक स्वीकार गर्ने विषयमा नेताहरुबीच विवाद देखिएको हो ।

कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौला र एमालेका अध्यक्ष केपी ओली पक्षधर नेताहरु संविधानसभाको कामलाई प्रभावित हुने नगरी प्रचण्डलाई संयोजक मान्न तयार भएको बताइएको छ । स्रोतका अनुसार वरिष्ठ नेता माधव कुमार नेपाल पक्ष, कांग्रेसका उपसभापति रामचन्द्र पौडेल पक्षले कुनै पनि प्रचण्डलाई संयोजक बनाउन नहुने लबिङ सुरु गरेका छन् ।

विगतमा पनि सहमति जुटाउने नाममा दलहरुबीच सहमति जुटन नसक्दा संविधान जारी गर्न नसकिएको भन्दै दुवै पक्षले नेतृत्वलाई दबाब दिदै आएको बताइएको छ । उनीहरुले सहमतिको नाममा एमाओवादीले पुनः संविधानसभालाई विथोल्न लागेको आरोप समेत लगाएको बुझिएको छ ।