सानातीना कुरामा जातीयताको बखेडा ननिकालौँ :बामदेव

भदौ १६,काठमाडौँ-उपप्रधानमन्त्री तथा गृहमन्त्री बामदेव गौतमले सानातीना कुरामा जनजाती र अन्य समावेशी भनेर मिलीसकेका कुरामा बखेडा नझिक्न नेताहरुलाई सुझाब दिएका छन् । आज बिहान  संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिको नियमित बैठकमा मन्त्री गौतम र जनजाति नेताबीच केहीबेर  भनाभन भएको थियो ।

बैठकमा समावेशीकरणलाई लिएर भनाभन सुरु भएपछि बाहुन क्षेत्रीका नेता तैँ चुप मै चुप लागेर सुनीरहेका थिए भने जनजाती नेताहरु एकै ध्रुबमा समावेश भएर गौतमसँग जुहारी खेलीरहेका थिए । आजको  बैठकमा संवैधानिक परिषद् गठनसम्बन्धी छलफलमा जनजाति नेताहरुले राष्ट्रिय जीवनमा योगदान दिएका तथा विज्ञको तर्फबाट नियुक्त गरिने सदस्यहरु समावेशिताका आधारमा चयन गर्नुपर्ने बताएका थिए ।

जवाफमा मन्त्री गौतमले ‘जातियतालाइ ठाउँ कुठाउँ साध्न नहुने र  यो सबै परिर्वतन तपाईहरुले घोचपेच गर्दै आएको बाहुन क्षेत्रीकै नेतृत्वमा सबथोक परिवर्तन भएको बताएका थिए । फटाफट बोलीरहेका गौतमले भने  त्यसैले म एउटै कुरा भन्छु जातपातलाई लिएर घोचपेच नगरौं । मन्त्री गौतमको यस्तो अभिव्यक्ति आएसँगै गोपाल दहित, रुक्मिणी चौधरीसहितका सभासदहरुले गौतमले चर्तिकला थाहा भएको भन्दै विरोध गरेका थिए ।