भारोत्तोलन प्रशिक्षक टोली नेपाल आउँदै

भदौ १६,काठमाडौँ-चीनका तीन महिला भारोत्तोलन प्रशिक्षक सहितको पाँच सदस्यीय टोली आज नेपाल आउँदै छन् ।  उनीहरु राती सवा १० बजे काठमाडौ आइपुग्ने नेपाल भारोत्तेलन संघले जनाएको  छ । तीन प्रशिक्षकमा २ पटककी ओलम्पीक स्वर्ण  बिजेता लु चुन होङ, बेइजिङ ओलम्पीककी स्वर्णधारी काउली र विश्व च्याम्पियन लु जिया रहेका छन् । त्यस्तै चिनका  भारोत्तोलन पुर्वप्रमुख प्रशिक्षक मा वेन हुइ पनि उनीहरुसँगै नेपाल आउने बताइएको  छ । उनीहरुले भारोत्तोलनका राष्टिय टिम र दीक्षण कोरीयाको इन्चोनम हुने १७ औँ एशियाली खेलकुदको तयारीमा रहेका खेलाडीलाई दुई सातासम्म प्रशिक्षण दिने भारोत्तेलन संघले जनाएको  छ ।