दलहरूको सहमतिमै संविधान आउँछ : डा. भट्टराई

भदौ १३, काठमाडौँ  – संवैधानिक राजनैतिक संवाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईले राजनीतिक दलहरूको सहमतिमै मुलुकको नयाँ संविधान निर्माण गर्नुपर्ने बताएका छन् । यही भदौ २१ गतेसम्ममा दलहरूबीच विवादित विषयमा सहमति जुटाउने प्रयास भइरहेको डा भट्राइको भनाइ  छ  सभापती डा भट्राइले संविधानका विवादित विषयहरू राज्य पुनःसंरचना, शासकीय स्वरूप, न्याय प्रणाली र निर्वाचन प्रणालीलाई संविधानसभाको प्रक्रियामा लैजान नहुनेमा जोड दिएका छन् ।

सभापति भट्टराईले विवादित विषयलाई प्रक्रियामा लगियो भने दलहरूबीच पूर्ण सहमति नहुने हुनाले संविधान निर्माण हुन नसक्ने र त्यसो गरिनु पनि उपयुक्त नहुने स्पष्ट पारेका छन् । समितिअन्तर्गत गठन भएका उपसमितिहरूमा सहमति भएका विषयहरूमा समितिको पूर्ण बैठकमा छलफल भइरहेको जानकारी दिँदै उनले समयको पाबन्दीका कारण द्रुत मार्गको प्रयोग गरिने बताए ।

शासकीय स्वरूप र राज्यको पुनःसंरचना नै संविधान निर्माणको मुख्य विषय र विवादित विषय भएकाले यसमा सहमति कायम गरिए अन्य साना विवादित विषयमा सहमति कायम गर्न सजिलो हुने र एकाध घण्टामै टुङ्गो लाग्नेभट्राइको भनाइ  छ  ।