आन्दोलीत नेपाली कामदारद्धारा काम सुचारु

भदौ १३, काठमाडौं -मलेसियामा आन्दोलीत नेपाली कामदारद्धारा  काम सुचारु   मलेसियाको जोहरबारु स्थित जेसिवाई कम्पनिमा आन्दोलीत नेपाली कामदारहरु आज देखि काममा फर्कीने भएका छन् । बुधबार कम्पनीले कामदारहरुको माग पुरा गर्ने सहमती जनाए पछि कामदारहरु आजबाट काममा जान सहमत भएका हुन । तिन दिन यता ठप्प कम्पनी आज देखि सुचारु हुन लागेको मलेसियास्थित नेपाली दुतावासका काउन्सुलर हेमलाल भट्टराईले जानकारी दिनु भयो । कामदारहरुले करार अवधिभर कुनै पनि कामदारको मृत्यु भएमा बाँकी करार समय अवधिको पनि तलब र राहत दिनुु पर्ने  सम्झैता गरेका छन । सम्झौता पत्र अनुसार ओभर टाईम पाउँनु पर्ने, विरामी विदा दिनु पर्ने, विद्युत पानिको रकम असुल गर्न नपाईने र होस्टेल व्यवस्थीत हुनु पर्ने लगायतका मागहरु रहेका छन ।   कम्पनिले बेवास्ता गर्दा गत शुक्रबार ताप्लेजुङका हर्क बहादुर निरौलाको मृत्यु भएको भन्दै विभिन्न माग राखि कामदारहरु आन्दोलनमा उत्रिएका तिए । आन्दोलनको क्रममा तोडफोड र आगजनिमा संलग्न भएका भन्दै प्रहरीले ४० नेपाली र २ बंगालीलाई समेत पक्राउँ गरेको थियो ।