सोलुमा बेमौसममा पनि पर्यटक आए

भदौ १२, सोलुखुम्बु – सोलुखुम्बुको खुम्बु क्षेत्रमा साउन महिना पर्यटक नआउने याम भएपनि श्रावण महिनामा सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रको ३५१ पर्यटकले भ्रमण गरेका छन् ।  सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेको तथ्याङ्कअनुसार गत साउन महिनामा सबैभन्दा बढी जर्मनीका ३७ सहित ३५१ पर्यटकले निकुञ्जको भ्रमण गरेका हुन् । कार्यालयको तथ्याङ्कअनुसार साउन महिनामा चीनबाट २७ र स्पेनबाट २५ जना पर्यटक आएका छन् । सार्कक्षेत्रको मुलुक भारतबाट भने पाँच जना आएका सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चले जनाएको  छ । यसैबीच, गत साउन महिनामा सगरमाथा राष्ट्रिय निकुञ्जमार्फत तीन लाख २५ हजार ७७८ रुपैयाँ राजस्व सङ्कलन भएको छ । यसमा पर्यटक प्रवेश शुल्कबापत रु एक लाख ३८ हजार, काठपुर्जीबापत ५० हजार ३९४ रुपैयाँ, ढुङ्गा बालुवा पुर्जीबाट ३७ हजार ३८४ रुपैयाँ र लज भाडा बापत एक लाख सङ्कलन भएको छ