शिर्ष तीन दल र माओवादीबीच छलफल हुदै

भदौं ११, काठमाडौं – संविधानसभा भंग गरी संयुक्त गोलमेच संमेलनको माग दर्गै आएको नेकपा माओवादीसँग आज प्रमुख तीन दलले छलफल गर्ने भएका छन् । यस अघि कुनै वार्ता र छलफलमा सहभागी नहुने भन्दै आएको माओवादी प्रधानमन्त्री सुशील कोइरालाको आग्रहमा छलफल गर्न राजी भएको प्रवक्ता पम्फा भुषालले इमेल खबरलाई जानकारी दिइन ।

नेकपा माओवादीलाई संविधानसभामा कसरी समेट्न सकिन्छ भन्ने विषयमा बैठकमा छलफल हुन लागेको प्रधानमन्त्रीका प्रस सल्लाहाकार प्रकाश अधिकारी जानकारी दिए । प्रधानमन्त्री निवास बालुबाटारमा बैठक बस्न लागिएको भएपनि समय भने तय भइनसकेको अधिकारी बताए  ।