तिजको पहिलो दिन आज दर खाइदै

भदौं ११, काठमाडौं –  हिन्दु नारीहरुको महान पर्व हरितालिका तिज अन्र्तरगतको  पहिलो दिन आज दर खाएर हर्षोउल्लासका साथ देशभर तिज मनाउन लागिएको छ । तिजको दिन भोली ब्रत बस्ने हिन्दु महिलाले विभिन्न परिकार तथा मिठाई तयार पारेर आज राति अबेर दरको रुपमा खाने प्रचलन छ ।

विवाहित महिलाले पतिको दीर्घायुको कामना तथा अविवाहितहरुले सुयोग्य पतिको माग गर्दै भोलि पल्ट निराहार व्रत बस्ने भएकाले अपघल्लो दिन दर खाने प्रचलन छ ।  घरघरमा खासगरी दूधबाट निर्माण गरिएका मिठामिठा परिकार तयार गरी दर खाने चलन रहेको छ । महिलाहरु यो दिन माछामासु वाहेक खिर, ढकने र सेलरोटी खाने गर्दछन् ।

आज विवाहित महिलाहरु माइतीघरमा भेला भएर वा आफ्नै घरमा खीर, ढकनी, घिउ, दही, दुध लगायतका मिठा परिकार खाने गर्दछन् ।   पैराणीक कथन अनुसार हिमालयकी पुत्री पार्वीले महादेव पति पाउनका लागि कठोर ब्रतगरी आफ्नो कामना पुरा गरेको धार्मिक कथन अनुसार यो पर्व मनाइदै आएको पाइन्छ ।

आज दर खाएर ब्रत लिनेहरु भोलि विभिन्न तिर्थस्थल, मन्दिर तथा देवालयमा गइ शिव पर्वतीको पुजा उपासना गरेर तीज सम्वन्धि गीत, भजन र चुट्का गाएर यो वर्ष मनाउछन् ।