फेरी थन्कियो निगमको एमए ६० जहाज

भदौ ११, काठमाडौं -झन्डै २ सातादेखि त्रिभुवन विमानस्थलमा ग्राउन्डेड नेपाल वायुसेपा निगमको चिनियाँ जहाज अझै एक साता नउड्ने भएको छ । आजको नागरिक दैनिक लेख्छ, प्राविधिक समस्या आएर ग्राउन्डेड भएको ५६ सिट क्षमतायुक्त निगमको  माेडर्न आर्क  जहाज मर्मतपछि चालु हालतमा आएपनि पाइलट अभावमा नउड्ने भएको हो ।

यो जहाजको हाइड्रोलिक आयल प्रणालीमा समस्या आएपछि थन्किएको हो । चिनियाँ जहाजको सामान चीन बाहेक अन्यन्त्र पाउन मुस्किल भएपछि निगमले सामान पाउन पनि चीनकै भर पर्नु परेको छ । उत्ताबाट सामान आउन ढिलाई भएपछि करिव १० दिनदेखि ग्राउन्डेड भएको थियो ।