सत्तासाझेदारले बहुमतका आधारमा पेल्न खोजे : प्रचण्ड

भदौ १०, काठमाडौँ – एमाओवादीका अध्यक्ष तथा संसदीय दलका नेता  पुष्पकमल दाहाल प्रचण्डले सक्तासाझेदार कांग्रेस एमालेले माओवादीलाई एक्ल्याउदै लगेर बहमुतका आधारमा पेलेर अघि बढ्न खोजेको आरोप लगाएका छन् । संसद बैठकमा बोल्दै प्रचण्डले चारबुँदे सहमति अनुसार उच्चस्तरीय राजनीतिक समिति गठन नभए कुनै वार्ता वा सहमतीमा पनि सामेल नहुने स्पष्ट पारेका छन् ।  अध्यक्ष प्रचण्डले सत्ता पक्षको कडा शब्दमा आलोचना गर्दै अंकगणितका आधारमा नभई राजनीतिक सहमतिका आधारमा अघि बढ्नुपर्ने बताए।

चारबुँदेसँगै बजेटमा आफूहरुले उठाएको विषयहरु समेत सम्बोधन नभएको भन्दै उनले सरकार र सत्तारुढ दलहरुले भन्ने एउटा गर्ने अर्को गरिरहेको आरोप लगाए । प्रचण्डले सत्तापक्ष पटकपटक सहमति पूरा गर्नेभन्दा पनि भएका सहमति एकपक्षीय रुपमा तोड्दै अविश्वासको वातावरण बनाउन अग्रसर भएको आरेप लगाए  ।  संविधान निर्माणमा सहमति कायम गर्न केही दिन मात्रै बाँकी भएकाले सहज वातावरण बनाउनु लाग्नुपर्ने भन्दै उनले बालुवाटारमा नभएका सहमति खोजेर हिँड्नुका सट्टा भएका सहमति पनि पूरा गर्न काँग्रेस एमाललेलाई सुझाए ।

पछिल्लो चरणमा भएका सहमति पनि लागू नगर्ने कुरामा असहमती जनाउँदै उनले  सत्तापक्षका नेताहरुले भएका सहमति त विर्सिए, ती १२ बुँदे सहमति, जनआन्दोलन, जनविद्रोह, मधेस विद्रोह र बलिदानको बलमा यो प्रक्रिया बढेको कांग्रेस एमालेले बिर्सेकाले दुख लागेको बताए ।  सहमति कायमका लागि ११ दिन बाँकी भएको भन्दै प्रचण्डले भने इतिहासमा भएका सहमतिलाई आत्मसात गर्दै ऐतिहासिक बोध नभएको देख्दा लाग्छ, देश ऐतिहासिक दुघृटनामा पर्दैछ।