अनामीकाद्धारा बाबुमाथि बलात्कारको आरोप

 भदौ ९,काभ्रे – पछिल्लो समय घरका परिवार माथी हाडनाता करणीको आरोप सामान्य जस्तै हुन थालेको छ । यस्ता घटना एक पछि अर्को गर्दै धमाधम सार्वजनिक हुन थालेको छन् । जसको सुचीमा काभ्रेमा अर्को घटना थपिएको  छ । काभ्रेको पनौतीकी अनामीका नाम परिवर्तनले २१ वर्षीया युवतीले आफ्नै बाबुमाथि बलात्कारको आरोप लगाएकी छन् । पनौती  की ति युवतीका आफन्तले जिल्ला प्रहरी कार्यालयमा आएर मौखिक उजरी दिएका छन् । तर, लिखित जाहेरी दर्ता हुन बाँकी रहेको बनेपा प्रहरीले जनाएको  छ ।  लामो समयदेखि नै बाबुले बलात्कार गरेको र बलात्कारका बारेमा अरुलाई भने ज्यान मार्ने धम्की दिएको रहस्य  अनामीकाले सार्वजनिक गरिन् । लिखित जाहेरी दर्तापछि अनुसन्धानको प्रक्रिया अघि बढाइने प्रहरुकिो भनाइ छ । अभियुक्त भनिएका बाबुका दुई श्रीमती छन् । तीमध्ये जेठीतर्फकी २१ वर्षकी छोरीले बाबुमाथि बलात्कारको आरोप लगाएकी हुन् ।